रूकुमपश्चिमा पहिरोमा परी बेपत्ता

सुर्खेत । रूकुमपश्चिममा पहिरोमा परी जाजरकोटका तीन आमाछोरी बेपत्ता भएका छन्। आइतबार दिउँसो साढे १२ बजेको समयमा आमाछोरी बेपत्ता भएका हुन्।

कर्णाली प्रदेश प्रहरीकाअनुसार बेपत्ता हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ का ३० वर्षीया बालमति राना र उनको दुई वटी छोरी १२ वर्षीया तिर्सना राना र दुई वर्षीया प्रतिक्षा राना रहेकी छन्।

प्रहरीकाअनुसार बालमति माइतीघरबाट आफ्नो घर जाने क्रममा वर्षातका कारण रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरमा रहेको छेपारे सामुदायीक वनको भवनमा ओत लागेका थिए।
नलगार्ड नगरपालिका–१ बाट माइती घरबाट आफ्नो घर भेरी नगरपालिका–१ मैदे जाने क्रममा बाटोमा हिँड्दै गर्दा अविरल वर्षाभएपछि सामुदायीक वनको भवनमा ओत लागेका थिए।

तीनै आमाछोरी भवनमा ओत लागेको समयमा भवन माथिबाट आएको पहिरोले भवन पुरी उनिहरुलाईसमेत बेपत्ता बनाएको प्रहरीको भनाई रहेको छ। हाल प्रहरी चौकी पुर्तिमकाँडा रूकुमपश्चिमबाट तीन जनाको प्रहरी टोली खटिएर बेपत्ता आमाछोरीको खोजीकार्य जारी रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया