बबईको नदीले पार गर्‍यो खतराको विन्दु, सचेत रहन आग्रह

सुर्खेत। बबई नदीले खतराको विन्दु पार गरेको छ। आइतबार रातभर परेको अविरल वर्षापछि बबई नदीले खतराको विन्दु पार गरेको हो।

फाइल तस्बीर

जल तथा मौसम विज्ञान विभागकाअनुसार नदीमा बाढीले खतराको विन्दु पार गरेसँगै बर्दिया जिल्लामा पर्ने तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

तटीय क्षेत्रमा बाढीको सूचना प्रवाह गर्दै विभागले सतर्क रहन भनेको हो। बिहान साढे ७ बजेको सूचनाअनुसार बबई नदीको तटीय क्षेत्र रम्बापुर, रानीजरूवा आसपासका वासिन्दालाई सतर्क रहन भनिएको छ। अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया