दैलेख। डिप्लोमा इन्जिनियर्स एशोसियसन (डिन) दैलेखको अध्यक्षमा हेमा खड्का चयन भएकी छन्। शनिबार भएको डिनको जिल्ला अधिवेशनबाट हेमा खडका अध्यक्षमा चयन भएकी हुन्।
अध्यक्ष खडकासहित १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
यस्तै, उपाध्यक्षमा बिष्णुप्रसाद भट्टराई, सचिवमा दिपककुमार बिष्ट, सह–सचिवमा विवेकप्रसाद रेग्मी र कोषध्यक्षमा शेरबहादुर बिष्ट चयन भएका छन्।
कार्यसमितिका सदस्यहरुमा शिव खड्का, प्रतिक्षा थापा, समिर थापा, राजबहादुर बुढा, गगन नेपाली, राजु नेपाली, भरत भण्डारी र पुजा सारु रहेका छन्।
देशभरीका इन्जिनियरिङ प्राविधिकहरुको पेशागत हकहित प्राप्ति तथा संरक्षणका लागि २०३७ सालमा नेपालमा यसको स्थापना भएको थियो।
सस्तो, सुलभ, वैज्ञानिक प्रविधि विकासका लागि प्रयत्नशील, देशभर यत्रतत्र छरिएर इन्जिनियरिङ सेवाका प्राविधिकहरुबीच सुमधुर सम्बन्ध कायम राख्दै राष्ट्र निमार्णको कार्यमा गतिशीलता ल्याउने उदेश्य बोकेको डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपालले विगतका दिनदेखि आफ्नो कार्यदिशा बमोजिम संघर्ष गर्दै आईरहेको छ।
प्रेमिका सिंह । २०७९ भाद्र १३, सोमबार