बालविकासका लागि प्रदेशसभा सदस्यहरुको भूमिका महत्वपूर्ण

सुर्खेत। कर्णाली प्रदेशका प्रारम्भिक बालविकास शिक्षकहरुको प्रथम प्रादेशिक सम्मेलन सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजना तथा सेभ चिल्डे«न, प्रारम्भिक बालविकासका लागि प्रदेशसभा सदस्यहरुको सहकार्य समन्वय समूहको समन्वयमा सम्मेलन गरिएको हो।

प्रारम्भिक बालविकासका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरुको जानकारी दिने उदेश्यले सम्मेलन आयोजना गरिएको थियो। बालविकास केन्द्रमा भएका राम्रा अभ्यासहरुको जानकारी सिकाई आदानप्रदान गर्ने अवसर प्रदान गरिएको हो।

बालविकासमा लगानि किन र यसमा सरोकारवालाहरुको भूमिकाको विषयमा जानकारी समेत गराइएको थियो। बालविकास शिक्षकहरुको क्षमता अभिवृद्धि गरी बालविकासका लागि पैरवी गर्न सक्षम गराउने सम्मेलनको हो।

सहभागि बालविकास केन्द्रका शिक्षहरूले स्थानिय सरकारले बालविकास शिक्षालाई उपेक्षा गरेको बताएका थिए। बालविकास केन्द्रमा विभिन्न समस्या रहेको उनीहरुको भनाई छ। भौक्तिक संरचना, शैक्षिक सामग्री ,खेलमैदान आदीकको समस्या रहेको उनीहरुले बताएका थिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहिले बालविकास केन्द्रको विकासका लागि नीति तथा कार्यविधिमा जोड दिइने बताएका छन्। उनले भने, ‘शिक्षाको घर पछिको दोस्रो पाठशाला भएकाले अतिरिक्त सिकाइँमा जोड् दिनुपर्छ। त्यसका लागि उचित बजेट व्यवस्थापन हुन जरुरी छ।’

प्रदेशसभा सदस्य सिता नेपालीले आवश्यक व्यवस्थापन हुन सके बालविकास केन्द्रको प्रभाव उत्कृष्ट हुन सक्ने तर्क गरिन्। शिक्षाको जग भएकाले पनि रचनात्मक सिकाई आवश्यक रहेको बताइन्। प्रदेशसभा सदस्य देवि वलीले बालविकास केन्द्र सञ्चालनका लागि बजेट, नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयनमा जान आवश्यक रहेको बताइन्।

तपाईको प्रतिक्रिया