नेपालीरैबारले खुवायो सुर्खेतका महिला पत्रकारलाई तीजको दर

सुर्खेत । मिसन कर्णाली मिडिया हाउस प्रालिद्वारा सञ्चालित नेपालीरैबार डटकमले तीजको दर खुवाएको छ। सोमबार दिउँसो रैबारले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कार्यक्षेत्र बनाएका महिला पत्रकारहरूलाई दर खुवाएको हो।

मिसन कर्णाली मिडिया हाउसले आफ्नै कार्यालयमा बोलाएर सुर्खेतका करिब २५ जना महिलालाई दर खुवाएको हो। हिन्दू महिलाहरुले मनाउने महत्वपूर्ण पर्व तीजको दरखाने दिनको अवसरमा महिला पत्रकारलाई दर खुवाएको जनाएको छ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतकी पूर्व उपाध्यक्ष माया थापाले नेपालीरैबारले तीजको दर खुवाएको भन्दै सम्पूर्ण पत्रकार महिलाहरुको तर्फबाट धन्यवाद व्यक्त गरिन्। उनले भनिन्, ‘पहिलो पट्क महिला पत्रकारहरूलाई यसरी दर पहिलो पट्क नेपालीरैबार खुवाएकोमा म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहान्छु, महिला दिदीबहिनीहरुको महान चार्ड हरितालिका तीजको मौलिकता जोगाई राख्न रैबारले गरेको यो सम्मानप्रति नमन व्यक्त गर्दछु।’

तीजको अघिल्लो दिन विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ। चेलिबेटिलाई माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा बोलाएर खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन्।

तपाईको प्रतिक्रिया