मौसम : देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौँ। देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। यसैगरी, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। मौसम विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया