सुर्खेत । पुर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) दलका सम्मानित नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्माले आफ्नो युगको सुरुवात गरेको बताएका छन्। बुधबार सुर्खेतको वीरेन्द्रनगरमा भएका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा खनाले यस्तो बताएका हुन्।
उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘एमालेका अध्यक्ष ओली एमालेको नेतृत्वमा आए त्यसपछि पार्टीको कार्यदिशा नभई आफ्नै युगको सुरुवात गरे। पार्टीलाई संकटमा पु¥याउने काम मात्रै गरे। ओलीले अरु नेताको कुरा नै सुनेनन्, बरु उल्टै पार्टी कमिटीको नीति र एजेण्डाको बे–वास्ता गरे।’
साथै खनालले ०७४ को स्थानीय र प्रदेशको चुनावबारे पनि ओलीको रणनीतिको बारेमा कार्यकर्तालाई जानकारी गराए। उनले ०७४ को स्थानीय चुनावमा नजिता कमजोर आएपछि ओली आत्तिएको बताए।
ओलीलाई इन्कार गर्दै खनालले समाजवादी क्रान्तिसँगै जनतालाई सुखी र समृद्धि बनाउने नभई बालुवाटार कसरी छिर्ने तर्फ बढी केन्द्रीत भएर माओवादीसँग ओलीले एकता गरेको आरोप लगाए।
यस्तै, खनालले त्यतीबेला ओलीकै भन्ना लागेर बामगठबन्धन भएर जानु राम्रै हो भनेर एकतामा साथ दिएपछि ओलीको नियतिबारे थप प्रष्ट हुने पाएको बताए।
नेपालीरैबार । २०७९ भाद्र १५, बुधबार