…त्यसपछि निश्चल प्रेमको भावनालाई कुल्चिएर सदाको लागि टाँढा भयौँ

म जिन्दगीमा स्वतन्त्रता खोजिरहेको छु। छुटाउन चाहान्छु सबै बन्धनबाट आफूलाई र बाँच्न चाहन्छु एक सुन्दर जीवन। तै पनि पटक–पटक बाँधिनु परेको छ। कठोर समयको तालिका भित्र सुस्त–सुस्त पहिला चाल्नै पर्ने, उफ..! कस्तो बिडम्बना! यहाँ एक मुठी सास फेर्न हजाराँै चुनौतीसँग सामाना गर्नु पर्ने बाध्यता छ।

तर, चुनौतीसँग डराएर सास फेर्न भुल्नु पनि त भएन..? हुनत जिन्दगीको भाँडो थोपा–थोपा चुहिएर रित्तिदै छ। झनै कठोर समयले थिचोर्दा, कोपर्दा नदी सुकेको बगरमा तड्पिरहेको माछाको जस्तो देखिन्छ जिन्दगी। र त लाग्छ स्वास फेर्नु मात्र जिन्दगी होईन। समय जति सुकै कठोर किन नहोस् धर्तीमा एक सुन्दर जीवनको आभास हुन पर्छ। यो जिन्दगी जिन्दगीको अभिभारा कटाउँनको लागि मात्र होईन।

न त पूर्व जन्मको पैँचो तिर्नलाई, आँसु नझरेका आँखा, नचर्किएको छाती, न दुःखेको मन, कसको पो होला र? तर, यतिकैमा जीवन समाप्तिको आभाष कसैले नगरोस्। तर, सानु मैले यत्ति भन्नै पर्छ कि म यो केहीँ समयदेखि रोएको छु। मनलाई दुखाएको छु। तथापि हारेको छैन है! कठोर समयसँग डराएरपछि हटेको छैन्। समयले दिएका हरेक चोटलाई मैले प्रहार पकै गरेको छु। जिन्दगी जति रितिए पनि, जति च्यातिए पनि, मनको दियो आशा बोकी बलिरहेको छ।

जीवन जिउने हरुका लागी हो। जीवित हुनेहरुका लागि होइन… जति सजिलो शब्द जोडेर उच्चारण गर्न हुन्छ। त्यतिनै गाह्रो टुटेका शब्द जोडेर उच्चारण गर्न हुनेरहेछ। आज फेरी हारेको महसुस गर्दै छु। यात महसुस गरेर हार्न खोजिरहेको छु। कहिले काहीँ नचाहँदा पनि पन्छिनु पर्ने बाध्यता आउँदो रहेछ त कहिले काहीँ जबरजस्ती नजिक हुनु पर्ने।

यहाँ म सम्बन्ध भन्दा माथि उठेर औंला चलाउँदै छु। मेरो लागि सम्बन्ध भन्दा तिमी माथि थियौँ। छौ र हमेशा हुनेछौ। कहिले काहीँ जुन कुराबाट खुसी खोजिरहेको हुन्छ नी त्यही कुराले खुसी खोसिदिदो रैछ। यहीँ महसुस गर्दै छु। हिजो कोही मेरो लागि रोएको थियो, आज म कसैको लागि अन्तिम सास फेर्दै रोइरहेको छु। मलाई यो रुने र रुवाउने भन्दा टाढा बस्न मन छ।

मैले यो दुबै कुराको महसुस गरिसकेको छु। अब त बस कोही नरोइदिवस् मेरो लागि, कसैको लागि रुन नपरोस् मैले, बस् यो भन्दा ठूलो अपेक्षा मैले राखेको छैन। समय बिताउँनका लागी थुप्रै कुराहरू छन्। तर, जिन्दगी बिताउँनको लागि कोही खास नै हुनु पर्छ।

जो मैले पूर्ण रुपमा तिमीलाई मानिरहेको थिए। जतिबेला तिमीसँगको सम्बन्धको गहिराईमा डुलिरहेको हुन्थे नि! म निष्ठावान प्रेमी भएर भन्दा पनि एउटा आज्ञाकारी छोराको परिवार प्रतिको बफादारिता सम्झिन्थे अनि झस्किन्थे। मैले बुझेको छु तिम्रो बाध्यतालाई, अनि मैले महसुस गरेको छु। मेरो प्रेमलाई, तिमीले मलाई प्रेम ग¥यौं वा ग¥यनौं त्यो तिमिनै फर्केर हेर्नु।

केहि समयको मिठो साथपछि आज हामी टाढिँदै गर्दा दुबैलाई एक्लो महसुस नहोस्। मान्छे तब मात्र निर्णय लिन्छ। जब उ अफ्ठ्यारो परिस्थितिमा पर्दछ। रहर एकातिर, बाध्यता एर्कोतिर, सोचिन्छ एकातिर, भइदिन्छ अर्कै, यो समय नै यस्तै छ। प्यारा, कसलाई दोष दिउँ, तिमीलााई दोष दिउँ, वा आफैलाई दोषी बनाउँ, जसलाई दोषी बनाए पनि पीडा त स्वयं व्यक्तिले भोग्नु पर्दछ हैनर?

मैले हिजो रोएर बिताएको छु। म आज तिमिलाई आफ्नो सम्झी हास्न खोजिरहेको थिए। म चाहन्थे साथ तिम्रो होस् अनि हामी हमेशा सदा खुशी रहु, तर सोचेको कुरा हुनै पर्छ भनेर जिद्दी पनि त कहिल्यै गरिन् हैन र …..? हिजो पनि उ बोल्ने आशामा दिनभरी कुरिरहे तर, उसको म्यासेज आएन्। उसको साह्रै याद आयोे अनि त्यो याद मेटाउँन उसैसँगका म्यासेज, फोटो हेर्दै समय बिताए।

एकैछिनमा भाउजुको फोन आयो, फोन उठाए। जुन कुरा नै न आवोस चाहान्थे त्यही प्रसङ्ग अगाडि आइदियो, कुरा भइराखेको छ त उहाँसँग? भनेर सोध्दा म निःशब्द भए। तर हतार–हतार उम भाको छ नि! भाउजु। आज भोलि फेरि हाम्रो राम्रो कुराहुँदै छ। भनेर टारेँ। गाह्रो हुँदो रैछ नी झुट बोल्न पनि! मन थाम्न सकिन् पूरा रूपमा निःशब्द भए।

भाउजुपछि कुरा गर्छु ल..! अहिले एकछिन काम पर्यो मेरो भनेर फोन राखे। अनि कोठामा साथीलाई लाई पनि थाहा नहोस् भनेर आफुले ओढेको सलको छेउ मुख भरी पारेर उसको न्यास्रो नमेटिँदासम्म ढोका थुनेर रोएँ। रुँदा–रुँदै निदाए छु। बिउँजिदा साँझको ५ बजेको थियो। अहिलेसम्म त पक्कै पनि केही न केही म्यासेज आयो होला भनेर फेरी

हतार–हतार म्यासेन्जर खोलीहाले तर केही थिएन! चुप–चाप उठेर फ्रेश भएर मन भुलाउँन बाहिर निस्के। घर अगाडि नै साथिसँग भेट भयो उसैसँग मिठो कुरा गर्दै केही समय बिताए। मन भरी एकातिरहुँदा तन जुन ठाउँमा भए पनि केही नलाग्ने रहेछ। अब टिकटक लाइभमा साथीसँग कुरा गर्दै बस्छु सोचेर जब कोठामा पस्दै गर्दा गहिरो चक्कर लागेको जस्तो महसुस भयो।

म होस् मा आउँदा रातिको ११ बजिसकेको थियो। जति बेला म कीर्तिपुरको हस्पिटलको ईमर्जेन्सी वार्डको ४ नम्बर बेडमा थिए। साईटमा साथि पनि। बिस्तारै आँखा खोलेर साथीको हात समाएर सोधे म यहाँ कसरी तब साथिले आँशु बगाउँदै भनिन् अहिले हजुरलाई आरामको जरूरत छ।

सबै कुरा ठीक भएसि कोठामा गएर गरौला, मैले कर पनि गर्न चाहेन् अनि यता उति मोबाईल खोजे, नभेटेसी फेरी साथिलाई मेरो फोन खोइ सोधिहाले, साथीले चलाउँन मिल्दैन कसैको फोन आएको छैन्। आयो भने दिन्छु नि भनेर मोबाईल पनि दिन खोजिनन्। मैले अहिले भने जबरजस्ती गर्न थाले मेरो जबरजस्तीको अगाडि उनको केहीँ चलेन जस्तो कारण आफ्नो ब्याग बाट मोबाइल तानेर मलाई दिइन्।

हतपत डाटा खोलेर म्यासेज बक्समा गए तर, अहिलेसम्म पनि उसको एउटा म्यासेजसम्म आएको थीएन अब भने मन थाम्न सक्ने मेरो शक्ति थिएन।

आफैले म्यासेज लेख्न थाले।

हलो
बोल्ने फुर्सद पनि हुन छोड्यो है..?
फेरी थपे…
तिमी त मबाट भरियौं।
तर, म पूरा रित्तो छु, तिम्रो लागि..

यति म्यासेज लेख्दासम्म पनि म्यासेज सिन भएन। अब मलाई प्रश्न गर्न मन लाग्यो तर, मैले उसको बाध्यतालाई बुझेको थिए। र केही नलेखी डाटा अफ गरेर बसे। म उसको यादमा यति डुबेको छु की हजारौं म्यासेजका रिप्लाई न आउँदासम्म रिप्लाई पाउने पर्खाइमा छु।

मैले धेरै रात यसरी कटाएको छु कि हरेक बिहानीसँगै उसको आगमन हुन्छ। तर, दिन बिते, रात बिते। फेरी बिहानीको आगमन भयो। तर, उसको रिप्लाई आएन, अहिले पनि कसरी आउँथ्यो र आशा न हो। कुर्दा–कुर्दै निदाउँन पुगेछु।

मोबाईलमा फोनको घण्टी बज्यो..कता कता सपना जस्तो लागिरहेको थियो बिस्तारै आँखा खोलेर झ्यालबाट बाहिर हेरे उज्यालो किरण हरु हस्पिटलको कोठा भरी भरिएका थिए। मोबाइल हेरे ओहो! उसको कल रहेछ। सायद मेरो म्यासेज अहिले हेरेको थिए होला।

फोन उठाएँ यताबाट बोल्न नपाउँदै उताबाट कहा छौ? भन्ने आवाज आयो भन्न त मन थियो म हस्पिटलको बेडमा छु। तर, यो कुराले उहाँलाई असर गर्ला सोचेर म कोठा मै छु। भने, त्यतिकैमा कल कट्यो सायद फोनमा ब्यालेन्स सकिएको हुँदो हो।

मलाई पनि मन थियो कल गर्न तर हस्पिटलको बेडबाट कल गर्न आँट नै आएन। म्यासेन्जर खोलेर आएका म्यासेज हेरेर रिप्लाई गरे। तर, मैले झुट बोलिरहेको थिए कि म कोठामै छु भनेर। यहाँ भन्दा धेरै झुट बोल्ने क्षमता अब ममा थिएन त्यसैले चुप–चाप मोबाइल साइडमा राखेर साथिलाई उठाएर भने सुनन… मलाई त ठीक भयो अब रूम जाउँ। साथिले भनिन् हुन्छ। हजुर एकै छिन् यहीँ बस्नु म डाक्टरलाई भेटेर सोधेर आउँछु नी!

त्यहाँबाट बाहिर निस्किन थालिन्। मन मनै भगवानको नाम पुकार्दै थे यहाँबाट छिटो निस्किन पाउँ भनेर यतिकैमा साथिको साथमा डाक्टर पनि आउनु भयो सबै कुरा ठीक भएको बताए पछि डिस्चार्ज–पत्र लेखिदिनु भयो र धेरै चिन्ता नलिनु भन्दै सम्झाउँन थाल्नु भयो मैले हुन्छ। डाक्टर साव! भन्दै निस्कियौं। केही समयपछि रूम पुगेर खाना खाए। ज्यानमा अलि–अलि समस्या देखिएकै थियो। तर, आज यो सबै कुराको टुंगो लगाउनु नै थियो।

फेरी कल गरेर सोधिहाले, समस्या के हो? जे चलिरहेको छ त्यो ठीक चलिरहेको छ? फेरी थपे यो सबको कारण के हो? उता उनी मेरो प्रश्नको जवाफ दिने प्रयासमा थिए। केही जवाफ मैले सुने त केही सुन्न नसकिने कठोर जवाफ पनि थिए। मैले सजिलैसँग स्विकार गरिदिए। जो गर्नू नै पर्ने थियो। मनमा माया अथाहा आँखामा छल्किरहेको निश्चल प्रेमको भावनालाई कुल्चिएर आज हामी सदाको लागि टाँढा भएका छौँ।

तपाईको प्रतिक्रिया