जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

सुर्खेत । जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटनामा परेको हो।

रुकुम जिल्लाको राडिदेखी मैदा (पिठो) लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई रहेको छ।

कर्णाली प्रदेश प्रहरीकअनुसार ट्रक सडकदेखि तल भेरी नदीको किनारमा खसेको थियो। ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन् भने रोल्पा गंगादेब गाँउपालिका–३ नविन डाँगी घाइते भएका छन्।

उनको उपचार भइरहेको छ। भने ट्रक चालक भेरिगंगा नगरपालिका–६ सुर्खेतका लक्षीराम बिकलाई प्रहरीले नियन्त्रमा लिएको छ।

तपाईको प्रतिक्रिया