एक लाख बढी म्यादी प्रहरीका लागि भर्ना खुल्यो, कति पाउँछन् तलब?

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेकोे छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो।

‘म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९’ अनुसार स्वयं उपस्थित भई आवेदन दिनका लागि अनुरोध गरिएको छ।

आगामी भदौ ३० देखि असोज ६ गतेसम्म बिहान १० देखि ५ बजेभित्रको समयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी परिसर(काठमाडौं, ललितपुर, भक्तपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाउने जनाइएको छ।

असोज ९ देखि असोज १४ सम्म छनौट प्रारम्भ हुने बताइएको छ भने असोज २५ मा नतिजा प्रकाशित हुने छ। असोज ३० देखि कार्तिक ८ सम्म म्यादी प्रहरीको तालिम हुने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

कति पाउँछन् तलब?

म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुने छ। प्रतिदिन ८६९ का दलले ३४ हजार ७६० रुपैंया पारिश्रमिक हुने सूचनामा उल्लेख छ। त्यस्तै, खाद्यान्न बापत ७ हजार २ सय हुने र हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउने जनाइएको छ।

त्यस्तै, पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुलाई ज्याकेट खरिदका लागि थप १ हजार उपलब्ध हुनेछ।

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी १ हजार का दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सयका दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।

हेर्नुहोस् सूचना:

तपाईको प्रतिक्रिया