वीरेन्द्रनगरबाट लागूऔषधसहित एक पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट प्रहरीले एक जनाई पक्राउ गरेको हो।

लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जीवन सोमई मगरको घरमा खानतलासी गरेको थियो।

प्रहरीकाअनुसार घरमा खनतलासी गर्दा उनको कोठाबाट १ पुडीया प्लाष्टिकमा पोका पारी राखेको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो शुद्ध ४३० मिलि ग्राम धुलो पदार्थ बरामद गरेको छ।

लागूऔषध बरामदसँगै मगरलाई पनि नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया