मुगुबाट अवैध भरुवा बन्दुक बरामद

सुर्खेत । प्रहरीले मुगुबाट अवैध भरूवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कर्यालय मुगुको टोली गस्तीमा जान हिँडेको क्रममा बन्दुक फेला पारेको हो।

आइताबार बिहान चार बजेको समयमा प्रहरीले मुगु छायाँनाथ रारा नगरपालिका–१४ बाडिदह स्थित जंगलमा रहेको गोठभित्र भरूवा बन्दुक देखेको थियो।

फलाम, पितल र काठले बनेको वेवारिसे अवस्थामा राखिएको भरुवा बन्दुक फेला पारी जिल्ला प्रहरी कार्यालय मुगु राखिएको छ।

तपाईको प्रतिक्रिया