वीरेन्द्रनगरमा करेन्ट लागेर एकजना घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा करेन्ट लागेर एकजना घाइते भएका छन्। मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–८ शिवालय चोक नजिक विद्युतको ट्रान्समिटर फेर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर विद्युत कर्मचारी ईलेक्ट्रीसियन लेकवेशी नगरपालिका–७ कल्यानका ४१ वर्षीया नरबहादुर बंशी घाइते भएका हुन्।

प्रहरीकाअनुसार ईन्भटरको करेन्ट ब्याक हुन जाँदा करेन्ट लागी पोलबाट खसि घाइते भई देउती नर्सिङ्ग होममा सामान्य उपचार पश्चात कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया