गुर्भाकोट र भेरीगंगा नगरपालिका जोड्ने झोलुङ्गे पुल तयार

सुर्खेत । जिल्लाको दुई पालिका जोड्ने झोलुङ्गे पुल तयार भएको छ। पूर्वि सुर्खेतको गूर्भाकोट र भेरीगंगा नगरपालिका जोड्ने पुल तयार भएर सञ्चालनमा आएको हो।

गुर्भाकोट नगरपालिका–७ कोप्ची र भेरिगंगा नगरपालिका–८ चौखे जोडने गोस्रे खोलामा झोलुङ्गे पुल तयार भएको हो।

बुधबार गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुन, भेरिगंगा निवर्तमान नगर प्रमुख भुपेन्द्र बहादुर चन्द गुर्भाकोट–७ का वर्तमान निवर्तमान वडा अध्यक्ष सदस्य र भेरीगंगा–८ का वर्तमान, निवर्तमान अध्यक्ष तथा सदस्यहरुले समग्रमा पुलको उद्घाटन गरेका हुन्।

गुर्भाकोटका प्रमुख हस्त पुनले पुल सञ्चालनमा आएसँगै पाँच सय बढी घरधुरी लाभाम्वित भएको जानकारी दिए। उनले भने, ‘नेपाल सरकारको ८५ प्रतिशत, १३ प्रतिशत नगरपालिका र २ प्रतिशत स्थानीयको श्रमदान पुलमा रहेकोछ। पुल ४७ लाख १९ हजार ४०२ रुपैयाँ लागतमा निर्माण भएको हो।’

तपाईको प्रतिक्रिया