कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटनाहुँदा एक घाइते

सुर्खेत । कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटनाहुँदा एक जना घाइते भएका छन्। बिहीबार बिहान कालीकोट शुभकालिका गाउपालिका–१ कर्णाली पुल नजिकै दुर्घटना भएको हो।

कर्णाली करिडोर स्थित बाजुराबाट सुर्खेतका लागि छुटेको भे१ख ३१३६ नम्बरको खाली मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई रहेको छ।

प्रहरीकाअनुसार ट्रक दुर्घटनाहुँदा ट्रक चालक वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका २८ वर्षीया दिपक विक घाइते भएका हुन्। उनको खुट्टामा चोट लागेको छ।

यस्तै, ट्रक–सहचालक सोही ठाउँका १८ वर्षीया अर्जुन विक सकुसल रहेको र घाइते दिपक विकको कालीकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया