वीरेन्द्रनगरबाट पर्किङ्ग गरेर राखेको मोटरसाइकल हरायाे

सुर्खेत। वीरेन्द्रनगरमा पर्किङ्ग गरेर राखेको मोटरसाइकल हराएकाे छ। शनिबार बेलुका साढे सात बजेको समयमा कर्णाली प्रदेश ०२–००२ प ४०५६ नम्बरको मोटरसाइकल हराएकाे हो।

दैलेखको नौमुले गाउँपालिका–२ घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्रामस्थित घरमा डेरा गरेर बस्ने पशुपति न्यौपानेको नाममा रहेको मोटरसाइकल हराएकाे हो।

बजाज कम्पनीको कालो र रातो रङ्ग भएको २२० पल्सर मोटरसाइकल गेटमा पार्किङ्ग गरेर राखेको अवस्थामा हराएकाे पशुपति न्यौपानेले जानकारी दिए। उनले हराएको मोटरसाइकल खोजीकार्यका लागि आइतबारनै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन पनि दिएको बताएका छन्।

तपाईको प्रतिक्रिया