धनगढीमा अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना

धनगढी । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बुलेटिन जारी गरेर केसीको अवस्था जटिल बन्दै गएको जनाएको छ।

अस्पतालले शुक्रबार जारी गरेको बुलेटिनमा पोषण तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको उल्लेख छ।

अस्पतालले सम्भावित जटिलता भन्दै ‘शरीरमा पोषण तत्व र पानीको असन्तुलनले बेहोस हुने सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भइ विभिन्न संक्रमण हुन सक्ने, मुटुको धडकन, श्वासप्रश्वास र रक्तचाप गडबढ भइ अंग र प्रणाली खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने’ उल्लेख गरेको छ।

डा. केसी ५ दिनअघि धनगढी पुगेर २०औं पटक अनशनमा बसेका थिए। स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

तपाईको प्रतिक्रिया