अछाम पहिरो अपडेट : तीन जनालाई उपचारको लागि हेलिकप्टरमार्फत सुर्खेत लगियो

अछाम । अछाममा शुक्रबार राति आएको पहिरोमा परी घाइते भएका ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका ३ जना घाइतेको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको छ।

एकै परिवारका सदस्य रहेका तीन जनालाई उद्धार गरेर थप उपचारको लागि सुर्खेत अस्पतालमा लगिएको हो। ६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षकी चन्द्रा बुढा, हर्कबहादुरका १२ वर्षका नाति धर्म बुढाको उद्धार गरिएको बताइएको छ।

उनीहरुको परिवारका डेढ वर्षको वर्षको बालक नवीन बुढाको भने घटनास्थलमै मृत्यु भएको छ। अहिले त्यहाँको गाउँ शोकमा डुबेको छ। कमलबजार र तुर्माखाँदमा हेलिकोप्टरबाट उद्वार गर्नुपर्ने प्रकृतिका घाइते नभएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयको आग्रहमा गृह मन्त्रालयले घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाएको थियो। साथै बेपत्ताको खोजी र घाइतेको उद्धार र उपचार गर्ने विषयलाई प्राथमिकता दिएको बताइएको छ।

तपाईको प्रतिक्रिया