विचार

यस अर्थमा तिमीलाई सम्झिन्छु

हिजो बुहारी भन्दै आमासँग घण्टौ कुरा गराउँनेले आज बुहारी खैत भन्दा आमाको अगाडि आफूलाई कसरी प्रस्तुत गरिरहेको होला?

मनका माझमा हिँडेर तनकाबीचमा चडेँर मन आनन्दित भएको बेला जीवनका रंगहरु बदलिँदै जाने रहेछन्। त्यहीँ भएको छ। म आफनो दुःखमा आफ्नो रोदनमा शब्दहरू भरेर तिमीसँग समाहित हुँदा। म सँग सयौं प्रश्नहरूहुँदै गर्दा जब तिमीले उत्तर सकिएको खबर दियौं। लाग्छ कठिन समयको सुरुआत भएको थियो।

जसरी बाँच्ने बाहानमा जीवनलाई अनुबाद गर्दै कहिले आफुसँग रोएको थिए। कहिले आफैंसँग हासेको थिए त कहीले आफैंसँग गिरेको थिए। पीडामा छट्पटिएको थिए। तर, एक्लै तिमीले देखेको जस्तो सजिलो कहाँ छ र जिन्दगी। जीवनका हजारौँ पहाड, हजारौँ खोला तरेर यो सहरमा ओर्लिएको एउटा यौदा पो हुँ।

हो म तिमीलाई सम्झिन्छु। यस अर्थमा तिमीलाई सम्झिन्छु कि हिजो तिम्रो साथले अगाडि बढ्ने आँट आएको थियो। हिजो तिम्रो साथमा हुँदा मलाई सुरक्षित महसुस भएको थियो। हिजो तिम्रो साथमाहुँदा सयौंको प्रश्नको उत्तर तिमीले थमिदिएका थियौं।‌

मैले बाटोमा हिड्दा तिम्रो साथ पाएको थिए। यो ब्यस्त सहर र सहर भित्रका मानिस ब्यस्त भइरहदा तिमी एक थियौं। मेरो लागि सधैं फुर्सदिलो, यस अर्थमा म तिमीलाई सम्झिन्छु।

मैले गाडी चढदा, बिरानो मान्छेको छेऊ मा बस्दा। मसँग बोल्दै गरेको कलको कारणपछि हट्ने गर्थे यस अर्थमा म तिमीलाई सम्झिन्छु। जब म यक्लो महसूस गर्छु तिमीलाई सम्झिन्छु। जति बेला म यो बिरानो सहरको कुनै एक चोकमा उभिरहेको हुन्छु।

दायाँ–बायाँ अगाडि/पछाडि कोही आफ्नाको खोजीमा, कोही आफ्ना लाग्दैन् तब तिमीलाई सम्झिन्छु। मन भारी हुँदा, चञ्चल हुँदा मनको बह साट्न खोज्छु फेरी तिमीलाई सम्झिन्छु।

सबैको साथमाहुँदा पनि एक्लो महसुस गर्ने म आज एकान्तमा एक्लैहुँदा तिमीलाई सम्झिन्छु। कोही आफ्नाको साथ पाएर पनि दुःखी छन्। म आफ्नो बनाएर खुशी हुन् तिमीलाई सम्झिन्छु। जब झलमल्ल उज्यालोपछिको कालो रातको सुरु हुन्छ। अँध्यारोमा तस्बिर हेर्छु अलिकति रोमान्टिक हुन् तिमीलाई सम्झिन्छु।

बिहानीको झिसमिसे उज्यालोमा जुरुक्क उठी राति देखेका सपनी याद गर्छु। थोरै लजाउँदै तिमीलाई सम्झिन्छु। अझै पनि कोही अपरिचितले तिम्रो कोही छ की भनेर सोध्यो भने यता उता कतै नअल्मली तिमीलाई सम्झिन्छु। तर, म तिम्रो बिषयमा पुरै अन्जान छु। अझ भनौं कुनै पनि कुराको अनुमान लगाउन सक्दिनँ।

यो त मेरो बहस भन्दा टाढाँको कुरा छ। म कसरी उसको अनुमान लगाउँन सक्थे र तर यति भने मेरो मनमा सदा खडकिरहन्छ कि उसले आफुलाई आफ्नाको अगाडि कसरी प्रस्तुत गरेको छ।

हिजो मेरो नामसहित जोडिएर अगाडि बढाएका सम्बन्धको बारेमा कसरी व्याख्या गरेको छ…? आज उसलाई आफ्नो छायाँले सोधिरहेको प्रश्नको उत्तर के दिइरहेको होला..?

मोबाइलको ग्यालोरी भरी सजिएका रंगिन फोटाहरुले उसको आँखालाई हेर्दै गर्दा उ कसरी सामेल भएको होला..? हिजोसँगै जिउने, सँगै मर्ने भनेर गरिएका बाचा कसमले पनि त जिस्काउँदै सोधिरहेको होलान् कि अब कोसँग नजिक हुन्छौ भनेर। आफैले गरेका बाचाहरुलाई कसरी सम्झाइरहेको होला…?

तिमीसँग त त्यो डाँडा, त्यो पाखा, त्यो खोला, ति रूखहरू पनि रिसाएका होलान् है! नरिसाउँन पनि कसरी तिमी हर कोहीसँग नजिकिँदा उनीहरूलाई सम्झिन्छौँ र…? उनीहरूसँगै रमाउँने बाचा गरेको हुन्छौ।‌

हिजो बुहारी भन्दै फोनमा आमासँग घण्टौ कुरा गराएको उ आज आमाले खोई त बुहारी हिजोआज कुरा गरेको देख्दिन भन्दा उसले आमाको अगाडि आफूलाई कसरी प्रस्तुत गरिरहेको होला? कतै मेरो बारेमा नराम्रो भनेर आफु बच्न त खोजीरहेको छैन…? अहँ ! उसले मलाई नराम्रो बनाउँन सक्दैन्। सक्दैन्।

‌यदी मलाई नराम्रो बनाउन सक्दैन भने मलाई बिर्सिएर बाँच्न सक्छ…?‌ अ साँच्चै बाँच्न र जिउनुमा फरक पो छ त सायद उ बाँचिरहेको छ। जिउनको लागि त म उसको साथ पनि त छैन्। खुशी त पकै छैन्। उ तर, म चाहन्न उ दुःखी होस्। ‌

उसले बिर्सिओस् या सम्झिओस् यो कुराले अब मलाई छुँदैन। तर, म उसलाई सम्झिन्छु। म यस अर्थमा उसलाई सम्झिन्छु।

तपाईको प्रतिक्रिया