वीरेन्द्रनगरमा घरको छतबाट खसेर एकको मृत्यु

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा दुई तले घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ। आइतबार साँझ उनको उपचारको क्रममा मृत्यु भएको हो। वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे स्थित ४६ वर्षीया मनिराम चौधरी आफ्नै घरको दुईतला घरबाट खसेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ।

प्रहरीकाअनुसार घरको तलाबाट खसेर चौधरीको टाँउको तथा शरीरको विभिन्न भागमा भित्री चोट लागि घाइते भएपछि देउती नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया