मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गता सम्बन्धि अन्तरक्रिया

सुर्खेत । मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताका विषयमा अन्तरक्रिया गरिएको छ। मनोसामाजिक अपाङ्गताका विषयमा काम गर्दै आएको संस्था कोशिशले उक्र विषयमा अन्तरक्रिया गरेको हो।

वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा यो कार्याक्रम लागु गरिएको काशिशले जनाएको छ। मनोपरामर्शकर्ता रूकुम टोमटाले मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तीन तरिकाले गर्ने गरिएको बताए। उनले भने, ‘लुक्स, लिसन र लिंक रहेका छन्।’

राष्ट्रिय अपाङ्गग महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले कर्णालीमा ३ प्रतिशत मनोसामाजिक नागरिक भएको बताए। उनकाअनुसार २०६८ सालको जनगणनामा नेपालभर कुल १.९४ प्रतिशत र कर्णालीमा ३ प्रतिशत रहेकोमा २०७८ सालको जनगणनामा बढेर यो संख्या बढेर आउँने सक्ने बताए।

अध्यक्ष शर्माले १० प्रकारका अपाङ्गता रहेका जसमा देखिने भन्दा नदेखिने अपाङ्गता धेरै भएको बताए। उनले भने, ‘यहाँ संघीयता आएसँगै स्थानीय तहमा वास्तविक मानसिक स्वास्थय र मनोसामाजिक अपाङ्गताका भएका व्यक्ति नभई अन्य राजनीतिक पहुँचमा पुगेका व्यक्तिले मात्रै सेवा लिएका छन्।’ उनले थपे, ‘र तीनै तहका सरकारले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङक समेत राख्ने गरेका छैनन्।’

यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले आगामी दिनमा पनि मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताका विषयमा पैरवी र बहस गर्नु उपयुक्त रहेको बताए। उनले यस्ता अन्तरक्रिया तथा छलफल कार्यक्रमले मनोसामाजिक अपाङ्गताका व्यक्तिहरुमा समाचारले लेख्दा पत्रकारहरुलाई शव्द चयन लगायतका विषयमा थप सजिलो बनाउँने बताए।

तपाईको प्रतिक्रिया