दैलेखमा छामघाट खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु

सुर्खेत । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बुधबार दिउँसो मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहले घटनास्थलतर्फ प्रहरी गइ रहेको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको बताए।

उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जादै थिए। उनीहरुबीच सम्धी नाता रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया