बेहोस अवस्थामा भेटिएका इन्द्रबहादुरको उपचारको क्रममा मृत्यु

सुर्खेत । लोहोरे खोलामा बेहोस अवस्थामा भेटिएका इन्द्रबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार साँझ ६ बजेर ५० मिनेटको समयमा लोहोरे खोलामा इन्द्रबहादुर बेहोस अवस्थामा भेटिएका थिए।

दैलेख नौमुले गाँउपालिका–२ चम्लाएका ४० वर्षीया इन्द्रबहादुर नौमुले,१ स्थित लोहोरे खोलाको किनारमा ढुङ्गामा बेहोस अवस्थामा पल्टिरहेको अवस्थामा स्थानीयले देखेका थिए।

बेहोस अवस्थामा इन्द्रबहादुरलाई स्थानियले उद्वार गरि नौमुले गाँउपालिका–५ मा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा लगेका थिए।

उनको सोही स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय नौमुलेले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया