‘बस्ती–बस्तीमा नबिल बैंक’

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले नबिल बैंक बस्ती–बस्तीका पुग्ने योजनाका साथ अगाडी बढेको बताएकी छन्। शुक्रबार वीरेन्द्रनगरमा उक्त बैंकले गरेको नबिल दिगो बैंकिङ, डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रममा प्रमुख ढकालले यस्तो बताएकी हुन्।

प्रमुख ढकाले संघीयता आएसँगै गाउँ–गाउँमा बैंकहरु पुगेकोले आम नागरिकलाई सेवा लिनका लागि सहज भएको बताइन्। उनले भनिन्, ‘हाम्रो कर्णाली केन्द्रकित राज्यको कारण पँहुच नपुगेकोले पछाडि परेको छ। तर, पनि बैंकको सेवा लिनका लागि हिजो जस्तो जिल्ला सदरमुकाम जानू पर्ने बाध्यता हटेको छ। अब नागरिकको समस्यालाई मध्यनजर गर्दै व्यवसायी रुपमा नबिल बैंक जानू पर्छ।’

यस्तै, प्रमुख ढकालले नबिल बैंकले समाजिकप्रति धेरै काम गरिएकोले वीरेन्द्रनगर नगरपालिकाले पनि हाल यसै बैंकसँग मिलेर काम गरेको र आगामी दिनमा नगरपालिकाले सहकार्य गरेर नै अगाडी बढ्ने बताईन्। साथै उनले बैंकले बचत र ऋणको लागि मात्रै नभई युवालाई स्वरोजगारमा जोड्नु पर्ने विषयमा ध्यान दिन आग्रह गरिन्।

यस्तै, नबिल बैंक कर्णाली प्रदेशका प्रमुख गोपी पाण्डेले बैंकको कार्यपत्र प्रस्ततु गरेका थिए। पाण्डेले ग्रहाकलाई थप सहज रुपमा सेवा दिनका लागि बैंकको नयाँ पोर्टल ल्याएको बताए।

उनले बैंकको सेवा सुविधा सँगै अघि बढेर गाउँगाउँ पुगेको, स्थानीय तहसँग मिलेर युवा स्वरोजगार लगायतका काम गर्दै आएको र यस वर्ष दशैं अफर ल्याएको बताए।  साथै पाण्डेले अन्य बैंकले ऋण नदिएको समयमा नबिल बैंकले घर बनाउनका लागि पनि ऋण उपल्बध गराइरेको दाबी गरे।

तपाईको प्रतिक्रिया