वीरेन्द्रनगरमा बोइलर कुखुराको मासु खाँदा एक बिरामी

सुर्खेत । वीरेन्द्रनगरमा बोइलर कुखुराको मासु खाँदा एक जना बिरामी परेका छन्। शुक्रबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्ने कर्णप्रसाद चौलागाईको छोरा बिरामी परेका प्रहरीले जनाएको छ।

चौलागाईको श्रीमतिले आफ्नै घर नजिक रहेको मासु पसलबाट आधा किलो बोइलर कुखुराको मासु ल्याएर घरमै सबै परिवार मिली पकाई खाना खाएका थिए।

खाना खाइसकेको आधा घण्टापछि चौलागाईको छोरा नेसनल चौलागाईलाई बान्ता भएको थियो। बान्ता भएपछि नेसनललाई उपचारका लागि अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ।

साथै प्रहरीकाअनुसार अन्य घर परिवारका सदस्यलाई कुनै लक्षण देखा परेको छैन्।

तपाईको प्रतिक्रिया