मनास्लु हिमपहिरो : घाइते भएका ९ जनाको उद्धार

काठमाडौँ । मनास्लु हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार मंगलबार बिहानसम्म ९ जनाको उद्धार गरिएको हो।

अन्य घाइतेहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयको संचार शाखाले जानकारी दिएको छ।

उद्धार गरिएका ९ जनामध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं हेलिकोप्टरमार्फत पठाइएको प्रहरीले जनाएको छ। अन्य ३ जना भने सामान्य रहेको छ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए।

मौसम खराब भएकाले सोमबार उद्धार गर्न गाह्रो परेको थियो। आज पनि मौसम केही सुधार भएसँगै उद्धार जारी प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया