एनआईसी एशिया बैंकले दुर्घटना बीमा फाइदा वापत सपनालाई दियाे १० लाख

सुर्खेत । एनआईसी एशिया बैंकको सुर्खेत स्थित जुम्ला राेडशाखामा सर्व श्रेष्ठ सहज बचत खाता खोलेका स्वर्गीय हिक्मत विकको दुर्घटनाबाट मृत्युभएपछि उनको श्रीमती सपना विकले दुर्घटना बीमा वापत १० लाख रुपैयाँ रकम प्राप्त गरेकी छन्।

बैंकको बचतसँगै बीमा फाइदाको सुविधा अन्तर्गत विकको दुर्घटनाबाट मृत्यु भएपछि श्रीमतिलाई खाता वापतको रकम प्रदान गरिएको हो।

एक कार्यक्रमकाबीच बैंकका कर्णाली प्रदेश प्रमुख राजनप्रसाद पोखरेलले हिता धिकारीलाई दश लाख रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष विनोदसिंह विष्टको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा हित ग्राहीहरुले बैँकको खाता उत्तम र जनताको हितको लागि भएको कुरा व्यक्त गरेका छन्। साथै प्रदेश प्रमुख पोखरेलले यसलाई एउटा अभियानको रुपमा संचालनगर्ने र कोहीपनि यस सुविधाबाट वञ्चित नहोस भन्ने कुरा व्यक्त गरे।

कार्यक्रममा वडा अध्यक्ष विष्टले आफ्नो सम्पूर्ण वडावासीहरुलाई यसप्रकारको सुविधामा समावेश गराउन पहलगर्ने कुरा बताए।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,८६४ जनाभन्दा बढी ग्राहकहरूले घातक रोगबीमा वापत २ करोड ९० लाख रुपैयाँ, दुर्घटना बीमा वापत १ करोड १० लाख रुपैयाँ र मेडिकल बीमा वापत ३ करोड ४३ लाख रुपैयाँ गरीकुल ७ करोड ४३ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरिसकेका छन्।

देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यसबैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागिरू ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्व श्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ।

यस योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू ८४ लाखसम्मका ३ बीमा १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकलबीमा सम्बन्धी सर्व श्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्व श्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरीकुल २४ सर्व श्रेष्ठ फाइदाहरू समावेश छन्।

साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जासम्बन्धी सुविधाहरू लगायत डेबिटकार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिटकार्ड, प्रिपेडडलर कार्ड, डिम्याटखाता, मेरो शेयरखाता, ई–कमर्शसेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस सीआइपिएसर फन्डट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहकले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षकोलागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबै भन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो। यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारितका उन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको दाबी गरेको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपालसरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्यबैंकहरू मध्ये सबै भन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ। वित्तीय समावेशी करणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ शाखा कार्यालयहरू स्थापना गरेको छ।

तपाईको प्रतिक्रिया