सुर्खेतमा पनि भित्र्याइयो फुलपाति (फोटो फिचर)

सुर्खेत । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । सुर्खेतमा पनि पुजारीसहित सुरक्षा निकायहरुले फुलपाती भित्र्याएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे विशेष टाेलीले बाजागाजासहित मंगलगढीस्थित सैनिक महाविद्यालयमा रहेको दशैँ घरबाट फूलपाती लिएर जिल्ला प्रशासन कार्यालयमा भित्र्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विधिवत पूजा गरेर फुलपाती भित्र्याएका हुन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने चलन छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता पनि छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।

फाेटाेमा हेर्नुस

तपाईको प्रतिक्रिया