काेराेना संक्रमणमा स्वास्थ्य क्षेत्रकाे पूर्वाधारमा लगानी तिव्र

सुर्खेत । कोरोना महामारी सुरु हुनुभन्दा अघि प्रदेश अस्पताल सुर्खेतमा पाँच वटा मात्र आईसीयू र तीन वटा मात्र भेन्टीलेटर थिए । तर हाल कोरोना महामारीसँगै यो अस्पतालमा २० ओटा आईसीयू र सात ओटा भेन्टीलेटर सेवा थप गरिएको छ ।

योसँगै अब अस्पतालमा आईसीयूको संख्या २५ र भेन्टीलेटरको संख्या १० पु¥याइएको छ । त्यस्तै कोरोनाभन्दा अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन वटा आईसीयू र पाँच बेड मात्रै भेन्टीलेटर सेवा थियो ।

कोरोना महामारीसँगै हाल प्रतिष्ठानमा आईसीयूको संख्या १० बेड र ६ बेड भेन्टीलेटर पु¥याइएको छ । यो साविक साविक कर्णालीमा हालसम्मकै उपलब्धी हो ।

तपाईको प्रतिक्रिया