तीन दिन हल्कादेखि भारी वर्षा हुने आकलन

काठमाडाैं। मध्य–पश्चिम बंगालको खाडी र न्यून चापीय क्षेत्रको प्रभावाका कारण नेपालमा अझै तीन दिन हल्कादेखि भारी वर्षा हुने मौसमविद्हरूले आकलन गरेका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने र नदीमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार शनिबार र आइतबार पनि सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बिहीबार र शुक्रबार पनि दुवै प्रदेशका विभिन्न भागमा भारी वर्षा भएको छ भने बाढीपहिरोले ठूलो क्षतिसमेत निम्तिएको छ । केही हिमाली जिल्लामा दुई दिनयता भारी हिमपात भएको छ ।

हिमाली क्षेत्रमा समेत मौसममा छिनछिनमा बदलाब आइरहेकाले पदयात्रा नगर्नसमेत महाशाखाले ध्यानाकर्षण गराएको छ । मौसममा बदलाब आउँदा हवाई उडानसमेत प्रभावित भएको छ । हिमाली क्षेत्रमा अझै केही दिन मौसम खराब हुने भएकाले पदयात्रालगायत पर्यटकीय गतिविधि प्रभावित भएका छन् ।

महाशाखाकी मौसमविद् बिनु महर्जनले नेपालको भू–भागमा न्यूनचापीय क्षेत्रको प्रभाव सक्रिय भएकाले वर्षा जारी रहेको बताइन् । ‘पूर्वतिर पानी पार्ने प्रणाली कमजोर बन्दै गए पनि पश्चिमतिर सक्रिय नै छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘त्यही भएर पूर्वमा भन्दा पश्चिम भागतिर भारी वर्षासमेत हुने देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागले गत वर्षदेखि मनसुन सकिने ९बाहिरिने० मितिसमेत सेप्टेम्बर २३ बाट अक्टोबर २ मा सारेको थियो । गत वर्ष अक्टोबर ११ ९असोज २५० मा मुलुकबाट मनसुन बाहिरिएको थियो । तर, मनसुन सकिएको घोषणा भएको एक सातापछि परेको भारी वर्षाले ठूलो परिमाणमा धानबालीमा क्षति पुर्‍याउनुका साथै ठाउँठाउँमा पहिरो गएको थियो ।

हरेक १० वर्षमा मनसुन प्रवेश र निकास हुने समयमा बदलाब आउने भएकाले विभागले समय परिवर्तन गरेको थियो । मौसमविद्हरूले अहिलेसम्मको मौसम प्रणाली हेर्दा यो वर्ष अक्टोबर दोस्रो सातासम्मै मनसुन रहने संकेत देखिएको बताएका छन् । ‘पानी पार्ने प्रणाली भित्रिरहेको र बंगालको खाडीमा समेत प्रभाव बाँकी भएकाले वर्षा केही दिन जारी हुने देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्, ‘अहिले नै मनसुन बाहिरिने मिति यकिन गर्न सकिने अवस्था छैन ।’

प्रायः १३ जुन ९जेठ ३०० आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि ५ जुन ९२२ जेठ० मै भित्रिएको थियो । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमा गरेका थिए । यो वर्ष मनसुन अवधिको जुन, जुलाई र अगस्टमा अनुमान गरिएभन्दा कम वर्षा भएको छ ।

सेप्टेम्बरयता भने देशका विभिन्न भागमा औसतभन्दा बढी वर्षा भएको छ । जुलाईमा औसत ४८३।९ मिलिमिटर वर्षा हुने गरे पनि यस वर्ष ३२५।८ मिलिमिटर मात्रै वर्षा भएको छ । अगस्टमा औसतभन्दा आधा वर्षा भएको छ । अगस्टमा अहिलेसम्म धेरै वर्षा मापन सन् १९९८ मा भएको थियो । त्यो वर्ष ६३०।४ मिलिमिटर वर्षा रकर्ड गरिएको विभागले जनाएको छ । सन् २००९ मा ५४६।९ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।

तपाईको प्रतिक्रिया