जुम्ला पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो

सुर्खेत । जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या सात पुगेको छ।

मृत्यु हुनेमा घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, २२ वर्षीया रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही र पानसरा शाहीको मृत्यु भएको छ।

बेपत्ता रहेकी २२ वर्षीया विद्या शाहीको पनि शव भेटिएको प्रहरीले जनाएको छ।

यस्तै, २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मृत्यु भएको मध्ये ६ जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन्।

बुधबारदेखि परेको अविरल वर्षका कारण शनिबार बिहान ४ः०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो।

यस्तै, ५० वर्षीया सरस्वती हमाल र रामबहादुर हमाल पहिरोले घर भत्किँदा घाइते भएका छन्। उनिहरुको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ। उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चाप थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ।

तपाईको प्रतिक्रिया