जुम्लामा प्रतिनिधि सभाका लागि गोमाले गरिन उम्मेदवारी दर्ता

सुर्खेत । कर्णालीमा नेकपा माओवादीबाट एकमात्र महिला उम्मेदवार बनेकी जुम्लाकी गोमा गौतम (कुँवर)ले मनोनयन दर्ता गरेकी छन्। उनले पत्रमार्फत जुम्ला निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराएकी हुन्।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा गोमाले प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएकी एक्ली महिला उम्मेदवार थिइन्।

१२ प्रतिनिधिसभा रहेको कर्णाली प्रदेशमा अन्य कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन्। उनि गठबन्धनकोतर्फबाट जुम्लामा प्रतिनिधिसभा सदस्यका लासग टिकट पाएकी हुन्।

दोस्रो संविधानसभा सदस्यसमेत रहेकी कुँवर कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्रीसमेत बनि सकेकी छिन्।

तपाईको प्रतिक्रिया