वीरेन्द्रनगरबाट नक्कली चिकित्सक पक्राउ

सुर्खेत।  वीरेन्द्रनगरमा नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार वीरेन्द्रनगरकी एक महिला महताराको क्लिनिकमा उपचारका लागि जानुभएको थियो ।

दाँत अत्याधिक दुखेपछि उपचारका लागि जानुभएकी उहाँलाई नक्कली चिकित्सक महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिएको प्रहरीको भनाई छ । उहाँको सुझाव अनुसार निज महिलाले आवश्यक पैसा काउन्टरमा डिपोजिट गर्नुभएको थियो । नक्कली चिकित्सक महताराले दुख्ने दाँतसँगै अर्को दाँत पनि निकालिदिएपछि अत्याधिक दुखाई र रक्तश्राव हुन थालेपछि महिलाले महतारामाथि शंका गर्न थाल्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार नक्कली चिकित्सक भएको थाहा पाएपछि महिलाले उजुरी दिनुभएको हो । प्रहरीले महिलाको उजुरीका आधारमा महतारालाई पक्राउ गरेको छ । पक्राउ पर्ने नक्कली चिकित्सकको घर जाजरकोट शिवालय गाउँपालिका हो ।

२२ वर्षीय महराता क्लिनिकका सञ्चालन भए पनि डेन्टिस सम्बन्धी अध्ययन छैन । प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा आफू चिकित्सक नभएको स्वीकार गरेका प्रहरीले जानकारी दिएको छ । नक्कली डाक्टरलाई इलाज सम्वन्धी कसुरमा मुद्दा लचाउने तयारी भइरहेको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया