प्रतिनिधि सभा १२ सिटका लागि कर्णालीमा ७४ उम्मेदवार

सुर्खेत । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन्। १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन्। १२ सिटका लागि ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन्।

जसमध्ये २/२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरु चुनावी मैदानमा छन्। यस्तै, सल्यानमा ७, डोल्पामा ५, मुगुमा ५, जुम्ला ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन्।

हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। यस जिल्लामा गठबन्धबाट साझा उम्मेदवारको रुपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन्। यस्तै, १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया