सुर्खेत । बैंकहरुले व्यवसायीबाट चर्को ब्याजदर लिएको भन्दै शुक्रबार सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ। विभिन्न व्यवसायीक संघ–संस्थाहरुले सुर्खेतको वीरेन्द्रनगर विरोध प्रदर्शन गरेका हुन्।
बिहीबार सुर्खेत उद्योग वाणिज्य संघकाको कार्यालयमा बसेको व्यवसायीक संघहरुले सयुक्त संघर्ष समिति समेत गठन गरि विरोध पदर्शन गरेका छन्। वीरेन्द्रनगरको मंगलगढीचोकबाट सुरु भएको विरोध प्रदर्शन नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेर व्यवसायीहरुले ज्ञापन पत्र समेत बुझाएका छन्।
यस्तै, संघर्ष समितीले ऋणीहरूलाई त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन आग्रह गरेका छ्न्।
तस्बीरहरु.…
नेपालीरैबार । २०७९ आश्विन २८, शुक्रबार