अवरुद्ध टेलिफोन टावर मर्मत गर्न शर्माकाे निर्देशन

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख)का उम्मेदवार डण्डीप्रसाद शर्माले सुर्खेतको चिङ्गाड गाउँपालिमा तत्काल टेलिफोन टावर मर्मत गर्न निर्देशन दिएका छन्।

आइतबार नेपाल टेलिकम दुर सञ्चारकोे कर्णाली प्रदेश कार्यालयमा पुगेर शर्माले अवरुद्ध फोन सेवामा देखिएको समस्याको तत्काल समाधान गर्न माग गरेका हुन्।

शर्माले नेपाल टेलिकमको टावरले नेटर्वक नदिँदा सुर्खेतको पूवी सिम्तामा सम्पर्क विच्छेद् भएकोले कर्मचारीहरुसँग छिटो भन्दा छिटो समाधानको उपाए अपनाउँनु पर्ने बताए।

शर्माले टेलिकम प्रादेशिक कार्यालय प्रमुख सन्तोष शर्मालाई भेटेर चिङ्गाड लगायतका क्षेत्रमा असोज १९ गते दसैँको दिनदेखि सेवा अवरुद्ध भएकाले तत्काल टेलिफोन सेवा सुचारु गर्न आग्रह गरेका हुन्।

चिङ्गाड गाउँपालिकामा नेटवर्कले काम नगरेर टेलिफोन सेवा अवरुद्धहुँदा सामान्य सञ्चार गर्नदेखि बिरामीहरुलाई एम्बुलेन्स बोलाउन समेत समस्या भएको भन्दै तदारुकताका साथ समस्या समाधान गर्न शमाीले आग्रह गरेका छन्।

भेटघाटका क्रममा टेलिकमका प्रमुख शर्माले तीन दिन भित्रमा टेलिफोन सेवा सुचारु गर्ने मौखिक प्रतिबद्धता जाहेर गरेका छन्।

धेरै दिनसम्म घाम नलागेपछि ब्याट्री डाउनहुँदा टावर सञ्चालन हुन नसकेर सेवा अवरुद्ध भएको वडा नं. ६ पाम्कास्थित बिरखम्म टावर मर्मतका लागि टोली परिचालित गरिसकेको प्रमुख शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया