भ्रष्टाचार मुक्त देश निर्माणका लागि गठबन्धन : उपसभापति खड्का

सुर्खेत । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचार मुक्त, सुशासन युक्त देश निर्माणका लागि सत्ता गठबन्धन बनेको दाबी गरेका छन्। सोमबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले गठबन्धन कुनै स्वार्थका लागि नभएर भ्रष्टाचार मुक्त देश निर्माणका लागि बनेको दाबी गरेका हुन्।

यस्तै, खड्काले संविधान माथि बेला–बेला भएको प्रहारबाट संविधानको रक्षा सत्ता गठबन्धनले मात्रै गर्न सक्ने बताउँदै देशमा स्थिरता र नविन अभियानलाई स्थापित गर्न गठबन्धनको जिताउनु पर्ने धारणा व्यक्त गरे।

खड्काले राष्ट्रिय राजनीतिमा आफुले समन्वयकारी भूमिका निर्वाह गर्दै धेरै पदमा रहेर कामको अनुभवसमेत गरिसकेको दाबी गरे। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन उम्मेदवार बनेका खड्का चुनावी अभियानको लागि गृह जिल्ला आइपुगेका छन्।

तपाईको प्रतिक्रिया