जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्लाको वीरन्द्रनगरबाट जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कर्यालय सुर्खेतका अनुसार प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० का ३४ वर्षीया रामबहादुर खड्कालाई पक्राउ गरेको हो।

जिल्ला अदालत सुर्खेतको लगत नं. ७९१ मा जबरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद तोकिएपछि उनी फरार भएका थिए।

खड्कालाई तालुक कर्णाली प्रदेश कार्यालयबाट खटिएको प्रदेश ब्युरोको प्रहरी टोलिले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुर्खेत जिल्ला अदालतमा बुझाईएको छ।

तपाईको प्रतिक्रिया