सिटिजन इन्स्योरेन्सद्वारा देउती बज्यै मन्दिरमा सरसफाइ

सुर्खेत । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देउती बज्यै मन्दिरमा सरसफाइ गरेको छ। सिटिजनले वीरेन्द्रनगर नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकिय स्थल देउती बज्यै मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्सको पाचौँ वार्षिकोत्सवको अवसरमा वीरेन्द्रनगर शाखाले सरसफाइ कार्यक्रम आयोजना गरेर सरसफाइ गरेको छ।

सिटिजनले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनहरुमा कार्यक्रमलाई निरन्तता दिँदै जाने सिटिजन लाइफ इन्स्योरेन्स वीरेन्द्रनगर शाखा प्रमुख नमबहादुर खड्काले बताए।

यस्तै, तिहारको मुखमा गरिएको यस प्रकारको कार्यक्रमले पुजा गर्न आउने भक्त जनलाईसमेत सुन्दर र फोहोरमुक्त मन्दिर देख्न पाउँने भएकाले सबैले सार्वजनिक स्थालहरुको सरसफाइमा जुट्नु पर्ने सन्देश सिटिजन इन्स्योरेन्सले दिएको स्थानीयले बताए।

उक्त कार्यक्रममा सिटिजन लिडर्स, स्थानिय वुद्धिजीवी, राजनितीकर्मी लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया