निर्वाचन सुरक्षा अवस्था बुझ्न गाउँ केन्द्रीत सुर्खेत प्रशासन

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि सुरक्षा अवस्थाको वस्तुस्थिती बुझ्न सुर्खेत प्रशासन गाउँ केन्द्रीत भएको छ ।

 मंगलवार पश्चिम सुर्खेतका ३ पालिका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाको सुरक्षा अवस्था बुझ्न सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा प्रदेश निर्वाचन अधिकारी तथा सुर्खेतका ४ (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्र्रिय अनुसन्धान) वटै सुरक्षा निकायका प्रमुखसहितको टोली पश्चिम सुर्खेत पुगेको हो ।

आसन्न निर्वाच भयरहित वातावरणमा सम्पन्न गर्न तथा चुनावका बेला हुन सक्ने सम्भावित अपराधिक घटनाहरु रोक्नका लागि विशेष सुरक्षा रणनीति तय गर्न प्रशासनको टोली पश्चिम पुगेको हो । टोलीले समर्ग पश्चिमको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको छ ।

तपाईको प्रतिक्रिया