‘उत्पिडित समूदायको मुक्ती एमालेको प्रमुख प्रतिबद्धता’

सुर्खेत । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले उत्पिडित समुदायको मुक्ती र समतामूलक राष्ट्र निर्माणका लागि एमालेको प्रमुख प्रतिबद्धता रहेको बताएका छन्।

एमालेको भातृ संगठन नेपाल उत्पिडित जातीय मुक्ती समाज वीरेन्द्रनगरको नगरस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कँडेलले यस्तो बताएका हुन्।

विगतमा नेकपा एमालेको सरकारले उत्पिडित, सिमान्तकृत, सामाजिक विभेदमा परेका समुदायको परिवर्तन र सुरक्षाका लागि उल्लेख्य काम गरेको बताउँदै अब पनि समतामूलक राष्ट्र निर्माणका लागि एमालेको सरकार आउनुपर्ने बताए।

एमालेको सरकार निर्माणगरि सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र देश विकासका लागि सूर्यमा मतदान गर्नसमेत आग्रह गरे।

यस्तै, एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बालराम शर्माले समुन्त समाज निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमालेको सरकार जरुरी रहेको औँल्याए।

अहिले भैरहेको सत्तारुढ गठबन्धनलाई प्रतिक्रियावादीहरुको संज्ञादिँदै शर्माले त्यसलाई परास्तगरी राष्ट्रिय स्वाधिनता रक्षाका लागि एमालेलाई मतदान गर्नुपर्ने दाबी गरे।

कार्यक्रममा मुक्ती समाजका केन्द्रीय सचिव तोरण विकले गरिब, दलित, विपन्न तथा विभेदमा परेका समुदायको मुक्तिका लागि लड्ने पार्टी एमाले भएकाले एमालेलाई आगामी मंसिर ४ गतेको निर्वाचनमा विजयी गराउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया