सुर्खेत । प्रहरीले मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालत मानव बेचबिखन मुद्दामा फैसला तोकेको प्रतिवादीलाई प्रह्रीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गुर्भाकोट नगरपालिका–९ की २६ वर्षीय सितल बादीलाई पक्राउ गरेको हो।
उनलाई सुर्खेत जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार जरिवाना तोकिएको थियो। प्रहरीले उनलाई गुर्भाकोट नगरपालिका–९ स्थित वडा यरियामाबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरेर प्रहरीले सुर्खेत जिल्ला अदालतमा पठाईएको जनाएको छ ।
नेपालीरैबार । २०७९ कार्तिक ७, सोमबार