लक्ष्मीपूजामा जीवन बीमा उपहार

बुटवल । विवाह , वर्तबन्ध, पास्नी जस्ता संस्कार र चलन चल्तीमा जीवन बीमालेख उपहार दिने संख्या बढ्दो छ। तर, आज तानसेन नगरपालिका–९ निवासी ज्ञान प्रसाद बस्यालले फरक तरिकाले लक्ष्मी पूजा मनाएका छन।

बुवा ज्ञानप्रसाद बस्यालले आफ्नो छोरा सागर वश्यालको उज्ज्वल भविष्यलाई ख्याल् गर्दै बचत, पेन्सन र सुरक्षाको दृष्टिकोणले नेपालीको प्रतिष्ठित जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा पच्चीस लाख रुपैयाँको जीवन बीमालेख खरिद गरि सो बीमालेख उपहार दिएका छन।

त्यस्तै ऊनका छोरा सागर बस्यालले पनि बुबा ज्ञानप्रसाद बस्याललाई धनकी देवी लक्ष्मी पूजाको अवसरमा पच्चीस लाख रुपैयाँको जीवन बीमा उपहार प्रदान गरेका हुन्।

चाडपर्वमा हुने अत्यधिक खर्चलाई न्यूनीकरण गर्ने हो भने निश्चय नै जीवन बीमामा बचत गर्न सहज हुने कुरा गर्नुहुन्छ। बस्याल परिवारले सिनियर एजेन्सी मेनेजर रिता पाण्डेय र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाका शाखा प्रमुख पूर्ण चन्द्र सुवेदीको उपस्थितिमा बीमालेख हस्तान्तरण गर्नुको साथै शुभ दीपावली एवम छ्ठ पर्व शुभकामना आदानप्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया