कर्णालीमा काेराेनाकाे संक्रमण दर बढ्याे, एकैदिन २० जनामा संक्रमण पुष्टी

सुर्खेत । कर्णाली प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका एक जना र दैलेखमा गरिएको परिक्षणमा दैलेखकै तीन जना र जुम्लामा १६ जनामा काेराेनाकाे संक्रमणा देखिएकाे हाे । जुम्लामा गरिएकाे परीक्षणमा १२ जना जुम्ला चन्दननाथका र बाँकी चार जनामध्य सुर्खेतका दुइ तथा बर्दिया र दाङका एक/एक जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए

पछिल्लो २४ घण्टामा एक हजार १५ जनाको कोरोना परिक्षण गरिएकोमा ९ सय ८४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो भने ११ जना पुरानो केशको रिपोर्ट पुनः पोजिटिभ आएको र यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको जम्मा संख्या दुइहजार पाँचसय ८९ पुगेको कँडेलले बताए । याेमध्य काेराेनाका संक्रमितका संक्रिय संख्या तीनसय ४४ जना छन्। उनीहरू कर्णालीका विभिन्न अस्पतालमा रहेका अाइसाेलेशमा बसेर उपचारात छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना निको भइ डिष्चार्ज हुनेको संख्या ३८ छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना निको भइ डिष्चार्ज हुनेको संख्या दुइहजार दुइसय ३९ पुगेको छ ।

जिल्लागत तथ्याङ्क
दैलेख : १०४६ जना
सुर्खेत : ७१३ जना
सल्यान : २७२ जना
जुम्ला : १७७  जना
कालीकोटका  :११० जना
रुकुम पश्चिम : ६३ जना
जाजरकोट : ५२ जना
मुगु  : १० जना
हुम्ला  : ६ जना
डोल्पाका : ५ जना
अन्य प्रदेशका : १३५ जना

तपाईको प्रतिक्रिया