भेरीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

एकजना घाइते

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–११ कासीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार साझ करिब ९ बजेको समयमा एक जना घाइते भएका छन्।

छिन्चु–जाजरकोट सडक खण्डमा छिन्चुबाट जहरेतर्फ जाँदै गरेको भे १२ प ६४५५ नम्बरको मोटरसाइकल आफै अनिनियन्त्रित भएर कल्भडमा ठक्कर खाँदा दुर्घटनामा परेको हो।

उक्त मोटरसाइकल चालक मोटरसाइकलमा सवार नामथर नखुलेको २ जना पुरुष सडकबाट २० मिटर तल खोलामा खस्न घाइते भएका थिए।

उक्त घाइते दुर्व जनालाई मेहेलकुना अस्पताल सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेततर्फ पठाईएको थियो।

यस्तै, कालागाउँमा उपचार गरिरहेको अवस्थामा घाइते अन्दाजी २५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको शव शव गृहमा राखिएको छ भने मोटरसाइकल चालकको उपचार भईरहेकोर बायाँ खुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको छ।

साथै उनलको अवस्था जटिल रहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया