सल्यानमा गठबन्धनद्वारा ५११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

सल्यान । सल्यानमा सत्तारुढ गठबन्धन दलहरूले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो।

तीनवटै दलहरूले संयुक्त रुपमा समिति बनाएका हुन्। उक्त समितिको सह–संयोजकमा कांग्रेसका सभापति केशबहादुर विष्ट, माओवादीका कृतिबहादुर पुन, समााजवादीका हरि केसी लगायतका नेताहरु रहेका छन्। यस्तै नेता बस्नेतककै संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति पनि गठन गरिएको छ।

गठबन्धनका साझा उम्मेदवार समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले उक्त समितिहरुले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउनका लागि समन्वयनकारी भूमिका खेल्नेछन्। सल्यानबाट प्रतिनिधि सभातर्फ गठबन्धनबाट समाजवादीका ज्वाला र प्रदेश (क) मा माओवादीका भीमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारी उम्मेदवार छन्। साथै गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरेको छन्।

तपाईको प्रतिक्रिया