जनउत्थान लघुवित्तको निमित्त सीइओमा सूर्यप्रसाद नियुक्त

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारी सूर्यप्रसाद उपाध्यायलाई दिएको छ।

कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको बैठकले नव नियुक्त नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई उक्त जिम्मेवारी दिएको हो। उनको कार्यकाल कात्तिक १८ गतेदेखि लागू हुने संस्थाले जनाएकाे छ।

उपाध्याय दैलेखकाे आठबीस नगरपालिका-१ सातलाका हुन्।

 

तपाईको प्रतिक्रिया