जुम्लामा एकीकृत समाजवादीको सिंगो कमिटी एमालेमा समाहित

सुर्खेत । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) जुम्ला नेकपा एमालेमा समाहित भएको छ। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउनका लागि सिंगो समाजवादी कमिटीनै एमालेमा सोमबार एमाले पार्टीमा समाहित भएको हो।

नेकपा एमाले जिल्ला कमिटी जुम्ला अध्यक्ष शान्तिलाल महत र एकिकृत समाजवाद जिल्ला कमिटी अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी एमालेमा समाहित भएको घोषणा गरेका हुन्।

एमाले जुम्लाले कार्तिक ७ गते बाम एकता लगायत मूल घर फिर्ताका लागि गरिएको सार्वजनिक अपिल समेतलाई मध्यनजर गर्दै एमाले माथी गरिएको चौतर्फि घेराबन्दीलाई तोड्न एमाले जिल्ला कमिटी जुम्ला र नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी जुम्लाका इन्चार्ज प्रदेश कमिटी सदस्यहरु, जिल्ला पार्टी अध्यक्ष पदाधिकारी लगायत सम्पूर्ण जनसंगठन, पेशागत संगठनहरु एकताबद्ध भएर नेकपा एमालेलाई विशाल एकतावद्द र सुदृढ संगठन निर्माण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको प्रगतिशिल सरकार बनाउने उनिहरुको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सयुक्त विज्ञप्ति जारी गर्दै उनिहरुले नेपालको कम्यूनिष्ट आन्दोलनमा अग्रणी भूमिका खेलेको यो मुलुकको सबैभन्दा पुरानो र ठूलो दलको रूपमा स्थापित नेकपा (एमाले) राष्ट्र, राष्ट्रियता र जनजिविकाको पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको र एमालेले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को महाअभियानमा लम्किरहेको अवस्थामा राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा रहेको केही अवसरवादी र नक्कली कम्यूनिष्टहरुको चलखेल र प्रभावबाट पार्टीको स्थापनाकालदेखि क्रियाशिल एमालेका नेता–कार्यकर्ताबीच फरक दृष्टिकोण र भ्रमका कारण पार्टी टुटफुट र विभाजनद्वारा सिंगो पार्टीमा क्षति पुगेको महसुस गरेर पार्टी समाहित गरेको निश्कर्ष निकालेका छन्।

साथै उनिहरुले मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभा निर्वाचनमा देशी विदेशी प्रतिक्रियावादी र पश्चगामी शक्तिहरुले गरेको अप्राकृतिक गठबन्धनको चलखेल र घेराबन्दिले नेपालको सामपन्थी आन्दोलनलाई कमजोर बनाउन खेलेको भूमिकालाई सशक्त रुपमा प्रतिवाद गर्दै एमालेलाई बलियो बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

यस्ता छन्, प्रतिबद्धता

१, हामी एक अर्काको आत्म सम्मान र भावनामा ठेस नपुग्ने गरि साझा लक्ष्य, उद्देश्य र समझदारीका साथ नेकपा (एमाले को विशाल संगठन निमार्णको अभियानमा जुट्ने निर्णय गर्दछौँ।

२, पार्टीको आन्तिरिक जिवनमा विगतमा रहेको आग्रह पूर्वाग्रह र चरम गुटबन्दीको कारण पार्टी कमजोर बनाउदै टुटफुट र विभाजन सम्म पुगेको अवस्थामा आत्म आलोचनासहित त्यसबाट शिक्षा प्राप्त गर्दै नयाँ सम्बन्ध सिराबाट समाजको प्रगतिशिल रुपान्तरणको आन्दोलनमा एकिकृत भई अगाडि बढ्ने निर्णय गर्दछौँ।

३, समायोजनको सन्दर्भमा हाल विद्यमान नेकपा एकिकृत समाजवादी जिल्ला कमिटिलाई नेपालको आन्दोलनलाई नयाँ उचाईमा पुयाउने ध्येयका साथ नेकपा (एमाले)को विधि, विधान, नियमावली, तत्कालिन अवस्थामा प्राप्त हुने केन्द्रिय अपानी, क. महासचिवको मौखिक प्रतिवद्धता र स्थानिय नेतृत्वको आपसी समझदारीको आधारमा नेकपा एकिकृत समाजवादीका जिम्मेवार कमरेडहरुलाई नेकपा एमालेमा सम्मानजनक जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछौं।

४, सम्पूर्ण जनसंगठनहरु (यूवा, विद्यार्थी, महिला, किसान, दलित, जनजाति) र सम्पूर्ण पेशाकर्मी (पेशागत महासंघ, प्राध्यापक, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मचारी संगठन अन्तर्गत रहेका कमरेडहरुलाई सम्बन्धित संगठनको विधि विधान, नियमावली, तत्कालिन अवस्थामा प्राप्त हुने केन्द्रिय अपानी र स्थानिय स्तरको आपसी समझदारीको आधारमा सम्मानजनक जिम्मेवारी साथ एकिकरण गर्ने निर्णय गर्दछौं।

५, नेकपा(एकिकृत समाजवादी मा रहेर नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको (मूल घर) रुपमा रहेको नेकपा एमालेमा समाहित भएका सम्पूर्ण जिम्मेवार कमरेडहरुलाई एमालेको चुनाव प्रचार प्रसार कमिटीमा जिम्मेवारी प्रदान गर्द, अप्राकृतिक गठबन्धन र यथास्थितीबादी शक्तिलाई परास्त पार्दै हाम्रो पार्टीलाई विजयी बनाउन चुनावी अभियानमा प्रभावकारी र परिणाममुखी बनाउन आक्रामक ढंगले ऐक्यबद्दताका साथ अगाडी बढ्ने निर्णय गर्दछौँ।

६, देश भरका राष्ट्रवादी, प्रगतिशिल र बामपन्थी आन्दोलनमा लागेका कमरेडहरुलाई एकताबद्द भई नेपालको) वामपन्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि एमालेमा समाहित हुँदै एकताबद्ध भएर अगाडि बदन संयुक्त प्रेस विज्ञप्ती मार्फत आव्हान गर्दै आसन्न मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि, प्रदेश सभाको निर्वाचनमा एमालेको सूर्य चिह्नमा मतदान गर्न हामी यस विज्ञप्ति मार्फत अपिल गर्दछ।

७, जुम्ला जिल्ला नेपालको बामपन्थी आन्दोलनलाई बलियो र ऐक्यतावद्द गर्ने अभियानलाई ७७ वटा जिल्लामा रहेका समाजवादीमा रहेका कमरेडहरु लगायत सम्पूर्ण जनवादी र देशभक्त, प्रगतिशिल कमरेडहरुलाई नेपालको कम्युनष्टि आन्दोलनलाई अब्बल र मजबुद बनाउन कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा रहेका एमालेमा समाहित हुन आव्हान गर्दछौँ।

तपाईको प्रतिक्रिया