एउटा ठूलो अनि सुन्दर परिवार। जहाँ एउटा नव विवाहित जोडी जो आफ्नो परिवारमा नयाँ सदस्य थप्ने बारेमा सल्लाह गर्दै थिए। लगत्तै उहाँहरुको जीवनमा नयाँ खुसीको रूपमा एउटा पुत्र लाभ हुन्छ।
जब आफ्नो जीवनमा नयाँ खुसी आउँछ तब उहाँहरू तन, मनका साथ उसको पालन पोषणमा लाग्नु हुन्छ। दिन बित्दै जान्छ उक्त खुसीले अपुग महसुसहुँदा तब फेरी अर्को सन्तान जन्माउने योजनाका साथ एक आमाले आफ्नो स्वास्थ्यको प्रवाह नगरी गर्भवती हुन्छिन्। जब गर्भमा सन्तान बढ्दै जान्छ तब आफ्नो शरीर कमजोर भएको महसुस हुन्छ।
केही दिन् बित्दै जाँदा आफुलाई एकदमै अप्ठ्यारो महसुस हुन्छ। जब आफुलाई सहन नसक्ने अवस्था हुन्छ तब उनि आफुलाई असहज भएको कुरा परिवार अर्थात आफ्नो श्रीमानलाई सुनाउँछिन्।
तब स–परिवारको दुई÷तीन दिनको सल्लाहमा गर्भपतन गर्ने निर्णय लिन्छन्। सोही भोलिपल्ट नै उनिहरू केही समय मिलाएर चेकअपको लागि घर भन्दा टाढाँ रहेको एक मेडिकलमा पुग्छन्।
तब मात्र थाहा हुन्छ कि गर्भको बच्चा ठूलो भइसकेको छ। बच्चा खेर फाल्दा आमालाई अझैं समस्या हुने सक्ने खबर सुनिसकेपछि उनिहरू हिक्मत गरेर अब जसाेतसाे बच्चा जन्माउने सोच लिएर घर फर्किन्छन्। विस्तारै–विस्तारै आमाको शरीरमा परिवर्तन आउदै जान्छ। केही सहज भएको महसुस हुन्छ। अब भने आमालाई ढुक्क हुन्छ। कि म र मेरो सन्तान स्वस्थ र सुरक्षित छौँ।
तब बाबा र आमाले ढुक्कको सास फेर्छन्। समय बित्दै जान्छ आमाको सुत्केरी हुने दिन् पनि नजिकिँदै जान्छ। २०५७ कात्तिक २२ गते आमालाई लामो व्यथापछि अन्तत यो संसारमा मैले जन्म लिन्छु। म जन्मिदा मेरो आमा धेरै नै रुनुभएको थियो रे खुसीले। म एक भाग्यले जन्मेकी छोरी हुँ। मेरी आमा एक भाग्यमानी आमा हुन् जसले मलाई छोरीको रूपमा पाउँनु भयो।
आज मैले यो संसारमा पाईला टेकेको २२ वर्ष पुरा भएको छ। एकातिर यो २२ वर्ष २२ दिन जस्तै लाग्छ। भने अर्कोतिर यो २२ वर्ष मेरालागी २२ जुनी भन्दा कम लागेको छैन्।
यो २२ वर्ष मैले अनौठो जिन्दगी जिएको छु। म हारेको छु। म लडेको छु। म नराम्रोसँग पछारिएको छु। तर, हार मानेको पक्कै छैन्। किनकी हिजो मलाई जन्म दिँदा खुसीले रोएकी मेरी आमालाई भोली फेरी खुसीले रुवाउँनु छ।
आफ्ना अपूरा सपना छोरीले पुरा गर्नेछ भनेर हौसला दिने मेरो बाबाको सपना पुरा गर्नू छ। हिँजोको अप्ठ्यारो समयलाई बिर्सेर, भोलिलाई सार्थक पार्न देखेका सपना पुरा गर्नु छ। यसकारण मैले हार मानेको छैन्। मेरो जन्म, जन्म मात्रै नभई एउटा संयोग पनि हो।
मलाई जन्म दिएर यहाँसम्म पुर्याउने मेरो बाबा मामुको लागि साष्टाङ्ग प्रणाम, मलाई माया, साथ, सहयोग गरी मैले बाँचिरहेको जीवन सहज बनाउने सम्पूर्णमा अपार मायासहित आभार प्रकट गर्दछु। हजुरहरूको यो मायाको सधा सम्मान गर्नेछु। साथै कात्तिक २२ गते आज (मंगलबार) मलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्णमा धेरै–धेरै धन्यवाद दिन चाहान्छु।
सिता सिंह ठकुरी । २०७९ कार्तिक २२, मंगलवार