प्रचण्डलाई सुर्खेतमा जुत्ताकाे माला लगाउन खाेज्ने युवक प्रहरीकाे नियन्त्रणमा

सुर्खेत । व्यस्त कार्यतालिका लिएर कर्णाली आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले केही जिल्लामा चुनावी सभालाई सम्बाेन्धन गरे । गाेरखाबाट सिँधै सुर्खेत आउने प्रचण्डकाे कार्यतालिका भएपनि प्रतिकूल माैसमका कारण प्रचण्ड सल्यानकाे सदरमुकाम खलङ्गा अवतरण गरे ।

उनले त्यहीँ क्रममा सल्यानमा गठबन्धनबाट उम्मेद्वार बनेका नेताहरुलाई भेटर सुर्खेत विनास्थलमा आंशिक रुपमा माैसम खुलेपछि मंगलबार विहान उनी सुर्खेत विमानस्थल अवतरण भए । त्यसपछि उनी गठबन्धनले आयाेजना गरेकाे चुनावी सभालाई सम्बाेन्धन गर्न जुम्ला प्रस्थान गरेका थिए ।

जुम्लामा आयाेजित सभालाई सम्बाेन्धन गरेपछि हुम्ला र त्यसपछि कालिकाेटमा आयाेजित गठबन्धनकाे चुनावी सभालाई सम्बाेन्धन गरे प्रचण्ड सवार हेलिकाेप्टर सुर्खेतकाे चिंगाड गाउँपालिकाकाे ठाँटीबजारस्थित मटेला पुगेका थिए । प्रचण्ड सुर्खेतकाे चिंगाड पुग्दा साँझकाे पाँच बजी सकेकाे थियाे ।

चिङ्गाडमा आयाेजना गरेकाे भेलालाई  सम्बाेन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताकाे माला लगाउन झाेलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले ति युवालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले जुत्ताकाे माला लगाउने युवाकाे पहिचान नखुलाए पनि मटेला प्रहरीले नियन्त्रणमा लिएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा लगिएकाे प्रहरीकाे उच्च स्राेतले नेपालीरैबारकर्मीलाई जानकारी दिएकाे छ ।

ति प्रहरी अधिकारीकाअनुसार प्रचण्डलाई जुत्ताकाे माला लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएकाे हाे । ‘उच्च व्यक्तित्वकाे सवारीकाे क्रममा सुरक्षाा व्यवस्था कडा परिएकाे हुन्छ त्यहीँ क्रममा मादक पदार्थ सेवन गरेका व्यक्ति प्रहरी नियन्त्रणमा छन्,’ प्रहरी स्राेतले भन्याे, “पक्राउ परेका युवामाथि थप अनुसन्धानका लागि साेधपुछ भइरहेकाे छ । उद्यपी उनले प्रहरीकाे सावधानीका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जुत्ताकाे माला लगाउन वा प्रहार गर्नबाट राेकेकाे छ । अनुसन्धनकाे क्रममा थप खुल्नेछ ।”

तपाईको प्रतिक्रिया